PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

रमेश दुलालको 'काग सम्मेलन', रत्नपार्कमा जम्मा भए ५०० काग



पहिलोपोस्ट

रमेश दुलालको 'काग सम्मेलन', रत्नपार्कमा जम्मा भए ५०० काग

काठमाडौं:  रमेश दुलाल 'कागे'ले काग सम्मेलन गरेको छ। काग तिहार दिन काठमाडौंको रत्नपार्कमा १५ औं काग सम्मेलन गर्दै उनले करिव ५०० काग बोलाएका थिए।

रमेश विगत १४ वर्षअघिदेखि यसरी काग तिहार मनाउँदै आएका छन्। उनले भने 'म कागको भाषा बुझ्छु। आज पनि ५०० जति काग आए। यो मेरो काग तिहार मनाउने तरिका हो।' उनले बाल्यकालदेखि नै आफूले कागको आवाज निकाल्ने बताए।

बिहान ६:३० बजे उनले उपत्यका भित्रका कागहरुलाई बोलाएका थिए। ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ। कागलाई बोलाउँदा मलाई आपत पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आँउछन्’ उनले भने।

संगीतकर्मी संघको आयोजना सम्पन्न कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र कुमार कार्की, सामाजिक सरसफाई अभियान्ता ग्रिनसिटी हस्पिटलका निर्देशक एलबी टन्डन काग तिहार मनाउन रमेशसँगै उपस्थित थिए। उनीहरुले रमेशको काग बोलाउने कलाको प्रशंसा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell