PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

कैलाली नेकपामा भागबण्ड टुंगिएसँगै एकतामा पूर्णता



एम बम

कैलाली नेकपामा भागबण्ड टुंगिएसँगै एकतामा पूर्णता

कैलालीः कैलाली जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता प्रक्रियाको  टुंगो लागेको छ। जिल्ला स्तरीय कार्यदलले जिल्लाका निर्वाचन क्षेत्र, स्थानीय तह र वडाहरुमा नेतृत्वको बाँडफाड गरी पार्टी एकतालाई पूर्णता दिएको हो। जिल्लास्तरीय कार्यदलकोे बैठकले आईतवार एकतापछिको जिल्लाको भागबण्डा टुंग्याएको हो।

जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये तत्कालिन एमालेलाई ७ र माओवादीलाई ६ स्थानमा नेतृत्व दिने सहमति भएको छ। प्रतिनिधि सभा निर्वाचनमा ५ क्षेत्र मध्ये ३ मा तत्कालिन एमाले र २ मा तत्कालीन माओवादीले नेतृत्व गर्ने सहमति भएको छ।

यसैगरी जिल्लाका वडा कमिटिमा ५५ ÷४५ को अनुपातमा एकिकरण गर्ने सहमति भएको छ। तत्कालिन एमालेले ६८ र तत्कालीन माओवादीले ५८ वडामा नेतृत्व गर्ने भएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell