PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

प्रिमियर लिग : म्यानचेष्टर सिटी र चेल्सीको सहज जित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी र चेल्सीको सहज जित

प्रिमियर लिग आइतवार भएको खेलमा म्यानचेष्टर सिटी र चेल्सीले सहज जित हात पारेको छ। साउथह्याम्पटनलाई ६-१ ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिकएको छ।

३रेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई सहज जित दिलाउन रहिम स्टर्लिङले दुई तथा सर्जियो अगुएरो, डेभिड शिल्भा र लरेय सानेले एक-एक गोल गरे साउथह्याम्पटनका वेस्ले होएटले एक आत्मघाती गोल उपहार दिए। ड्यानी इङ्गसले साउथह्याम्टानलका लागि पेनाल्टीमा एक गोल  फर्काए।

जितपछि सिटीले ११ खेलबाट २७ अंक जोडेको छ।


यस्तै अल्भारो मोराटाको दुई गोल मद्दतमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-१ ले पराजित गर्‍यो। अर्को गोल पेड्रोले गरे। प्यालेसका लागि आन्द्रे टाउनसेडले एक गोल गरे। जितपछि ११ खेलबाट २७ अंक जोडेको चेल्सी लिभरपुलसँग समान अंक भएपनि गो अन्तरमा अगाडी रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell