PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सकिँदै प्रतीक्षाको घडी : को बन्छ करोडपतिको ६ भागका लागि पुगे सहभागी



रीना मोक्तान

सकिँदै प्रतीक्षाको घडी : को बन्छ करोडपतिको ६ भागका लागि पुगे सहभागी

'को बन्छ करोडपति'को छ एपिसोडका लागि प्रतियोगीहरुको सहभागिता पूरा भएको छ। एसएमएस मार्फत् कार्यक्रममा सहभागी हुन चाहनेले गरेको रजिस्ट्रेशन पूरा भएको हो।

एसआरबीएन मिडियाका सिइओ विपिन कुमार आचार्यले त्यसपछिको ७ एपिसोडका लागि तिहारपछि रजिस्ट्रेशन खुल्ने बताए। उनले पहिलोपोस्टलाई भने, 'कार्यक्रममा भाग लिन चाहनेका लागि एसएमएस कोड नम्बर हुन्छ। ०३०३१ कोड नम्बरमा केबीसी स्पेस उमेर र लिङ्ग खुलाएर एसएमएस गर्नुपर्छ।'

को बन्छ करोडपति'मा सहभागी हुन कम्तिमा १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्छ। छ एपिसोडका लागि एसएमएस रजिस्ट्रेशन बन्द भइसकेको छ। एक वर्षमा यसको ५२ एपिसोड हुनेछ।

 ‘एसएमएस’ द्वारा प्रतियोगीहरू छानिनेछन्। तीमध्ये १० जना फास्टेड फिंगरका लागि चुनिनेछन् र यसरी छानिएका १० जना कार्यक्रममा सहभागी भएर ‘को बन्छ करोडपति’ को हट सिटका लागि प्रतिस्पर्धा गर्नेछन्। र प्रश्नको जवाफ सबैभन्दा छिटो मिलाउने एकजना हट सिटमा पुग्नेछन्।

पछिल्लो समय नोभेम्बरबाट कार्यक्रम प्रसारणमा आउने भनिएको थियो। तर कार्यक्रम अहिलेसम्म सुटिङमा गएको छैन। उनका अनुसार डिसेम्बरको दोश्रो हप्ताबाट कार्यक्रम प्रसारणमा आउनेछ।  

'हाम्रो कार्यक्रम नोभेम्बरको अन्तिम कि त डिसेम्बर पहिलो, दोश्रो हप्तामबाट प्रसारण हुनेछ। धेरै ठूलो कार्यक्रम भएकोले तयारीका साथ जाउँ भन्ने कुरा हो। त्यसैले सम्बन्धित समय भन्दा ढिला भयो,' उनले भने।

कार्यक्रमका लागि प्रतियोगीहरुको उत्साहजनक सहभागिता रहेको उनले बताए। '१८ वर्षको उमेर समुहदेखि ६० वर्षका वृद्धले पनि सहभागिता जनाएका छन्। ७७ वटा जिल्लबाट समावेशी केबीसी हुन्छ भन्ने हामीलाई लागिरहेको छ,' उनले भने। 

चाँडै नै कार्यक्रम गरेर नयाँ प्रसारण मिति तोकिँदै छ। कर्यक्रममा अहिलेसम्म सबैभन्दा धेरै काठमाडौंबाट सहभागिता देखिएका छन्।
सामान्य ज्ञान, विज्ञान, राजनीति, खेलकुद, इतिहास,विश्वका विभिन्न विषयमा प्रश्न सोधिनेछ। 'नेपालदेखि समग्र विश्व समेट्ने प्रश्नहरु सोधिनेछन्,' उनले भने, 'अनुसन्धान नै गरेर नै हामीले यो कार्यक्रममा नेपाल ल्याएका हौं। हाम्रो सबै तयारी सकिसकेको छ। प्राविधिक कारणले गर्दा ढिला हुन गएको छ। प्रतीक्षाको घडी सक्यो भन्दा हुन्छ'।

 केबीसीलाई अभिनेता राजेश हमालले सञ्चालन गर्नेछन्। एपी वान टेलिभिजन मार्फत् प्रसारणमा आउने कार्यक्रमलाई एसआरबीएन मिडियाले सहप्रायोजन गर्दैछ  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell