
काठमाडौं: फिल्म 'गुनगुन'लाई पुकार भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेत्री सञ्चिता लुईंटेलको मुख्य अभिनय छ। निर्माण टिमले फिल्मको प्रचार सुरु गरेका छन्।
फिल्म सामाजिक विषयमा वस्तुमा बनेको बताइएको छ। प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाईलगायतको अभिनय छ।
फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन छ। निर्देशक भट्टराईले नयाँलाई फिल्म चलाउन गाह्रो रहेको गुनासो गरेका छन्। उनले भने 'फिल्मले पारिवारिक प्रेम कथामा आधारित छ। फिल्म बनाउन निकै गाह्रो काम रहेछ, त्यो भन्दा चलाउन। हामी जस्ता नयाँ फिल्म मेकरलाई सहज छैन, किनकी निर्माण मात्र होइन प्रदर्शन गर्न निकै गाह्रो छ'।
फिल्म कार्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ।