भक्तपुर : एक वर्षअघिदेखि अरुकै जग्गा भाडा लिएर तरकारी खेती थालेका रामेछापका हीरालाल लामालाई फूल खेतीले तानेको छ। सोमबार भक्तपुरको गुण्डु पुग्दा उनी बारीमा ब्यस्त थिए, गोलभेंडाका झारहरु उखेल्दै। लटरम्म फलेका हरियो गोलभेंडा लोभलाग्दो देखिन्थ्यो। सँगै बारीको कान्लामा सयपत्री ढकमक्क फुलेका थिए। तर, उनले फूल लगाउन भर्खरै थालेका हुन्। वरिपरिका मानिसले लगाएको फूल र त्यसको व्यापार देखेर लहैलहैमै उनी पनि त्यतातिर लागेका हुन्।
सँधियारको फूलखेती देखेर प्रभावित भएका उनी अब ड्याङ पारेर फूलखेतीतिर लाग्ने मुडमा रहेछन्।
तर, हीरालालजस्ता नव आगन्तुक फूलखेती गर्नेहरु उत्साहित भइरहँदा यहाँका रैथानेहरु भने आशातित लाभ नपाउँदा दुःखी देखिए। फूलखेतीबाट आम्दानी गरेको खबर दिएकाले पत्रकारसँग पनि उनीहरुको चित्त दुखाइ रहेछ।
'पोहोर, गुण्डु मखमलीमा चम्क्यो। यति लाख, उति लाख कमायो भनेर समाचारमा दिएपछि सबै ठाउँमा फूल लाउन थाले,' एक फूल किसान महिलाले सुनाइन्, 'यसपाली हाम्रा फूलहरु बिकेन। मखमलीको भाउ घट्यो। एक मालाको पहिले २५ रुपैयाँ आउँथ्यो, यसपाली १७/१८ छ।'
फूलको चाड तिहारमा मनग्य आम्दानीको आशा गरेकी सबु नगरकोटी यसपालाको लगानी डुबेकोमा चिन्तित थिइन्।
'नौ, दश आनामा सयपत्रीमात्र लगाइयो। तर, यसपाली भाउ नै भएन। १ रोपनीमा रोपेको मखमलीको माला घरमा त्यतिकै छ,' उनले सुनाइन्, 'यसपाली डुब्यौं। साँखुतिर पनि फूलखेती गरे। अनि हाम्रो फूल गएन।'
सयपत्री लिन ब्यापारीहरु गाउँसम्मै आए पनि मखमली पुर्याउन कालिमाटीसम्मै पुग्नुपर्ने सबु बताउँछिन्।
'अब फूलहरुको गुन्द्रुक हाल्नुपर्छ,' उनीसँगै खेतमा रहेकी महिला ठट्यौली पारामा भन्दै थिइन्। तर, सबु नगरकोटीले ठट्टा गरिनन्। अनि फूल नबिकेमा मिडियाप्रति असन्तुष्टि जनाइन्।
'धानै नरोपेर गह्राभरि फूल नै लगाएका छौं। अब यसपाली यस्तै भयो,' उनले भनिन्, 'फूल बिकेको छैन। यसपाला मखमलीको फोटो खिच्न आएकालाई हामीले त धपाइदियौं। खिच्न दिएनौं।'
उनीसँग छोटो कुराकानी गरेपछि हामी लाग्यौं अरु घरतिर। यहाँका अधिकांश घरका पिढींमा महिलाहरु मखमली फूल उन्दै थिए। मखमलीलाई सियो र धागोमा उन्दै गरेकी लक्ष्मी नगरकोटीका अनुसार माला उनेपछि सुकाउनुपर्छ। लक्ष्मीले अहिलेसम्म ४ सयवटा जति मखमलीको माला तयार पारिसकिन्।
उनको पनि यसापाला व्यापार खस्केको छ। समाचारमा प्रचार भएपछि चारैतिर फूल रोप्न थाल्दा भाउ घटेको उनले सुनाइन्। 'विदेशमा लैजाने हो भने भाउ आउँछ नत्र त भाउ नै आउँदैन,' लक्ष्मीले भनिन्, यसपाला ब्यापारीहरु फूल किन्नै आएका छैनन्।'
यो पर्वमा यहाँ माला गाँस्न खेताला नै लगाउने चलन छ। खेतालाले दिनमा एक सयवटासम्म माला तयार पार्छन्। एक बिहान फूल टिप्न आउने खेतालाको ज्याला हो २५० रुपैयाँ। माला उन्नेले गोटाको ५ रुपैयाँको ज्याला तिर्नुपर्ने रहेछ। घरसम्मै व्यापारी आएनन् भने उनीहरु माला आफैँ भक्तपुरको बजारमा लैजाने तयारीमा छन्।
'हाम्रो परिवारमा साधन छैन। व्यापारी आयो भने सजिलो हुन्छ माला बेच्न। ब्यापारीले यहाँ २० मा किनेर जान्छन् र १०० रुपैयाँसम्म बेच्छन्,' लक्ष्मीले भनिन्।
मखमलीको माला सुक्न १५ दिनसम्म लाग्छ। यहाँका बासिन्दाले माला काठको लाठोमा झुण्डाएर सुकाउँछन्। सुकाएपछि बोरामा राखेर बेच्नका लागि लगिन्छ। चिसोमा राख्यो भने ढुसी पर्ने डर हुन्छ।
फूललाई नै व्यवसाय बनाएकी सीता नगरकोटीको कारोबारको ग्राफ भने केही माथिको छ। गएको साउनमा मात्र उनले डेढ लाख रुपैयाँको सयपत्री बेचिन्। तर, मखमलीले मार खाने अवस्था छ, यसपाली।
'यसपाली मखमलीको बजारै छैन,' सीताले भनिन्, 'बाहिर जानेका लागि माला लिन व्यापारीहरु आउँथे। व्यापारी नआउँदा किसान डराएका छन्।'
सुरुमा सयपत्री फूलको व्यवसायिक उत्पादन थाल्नेमध्येकी एक हुन् यिनी।
'पहिला हामीले नै सुरु गरेका हौं सयपत्री खेती,' सीताले भनिन्, 'यसपाली त झन् फाँटभरि लगाएका थियौं।'
सरकारी अनुदानमा सयपत्री खेती गरेकी उनका अनुसार ताथली र धापाखेल साइडबाट फूल धेरै आएकाले बिक्री कम भएको हो।
उनले सयपत्रीमात्र ५ रोपनीमा लगाएकी छिन्।
मखमलीको माला उन्दै गरेकी सीताको छेवैमा रहेकी अनिता बस्नेतका अनुसार उनीहरुकै पहलमा अनुदानमा फूल लिएर किसानलाई बाँडिएको थियो। नगरपालिकाबाट २ लाख रुपैयाँ अनुदान पाएका थिए उनीहरुले।
'हाम्रो बहुउद्देश्यीय जैविक तथा प्राङ्गाणिक महिला कृषक समूह छ,' समूहकी अध्यक्षसमेत रहेकी बस्नेतले भनिन्, 'अनुदानको पैसाले ४० हजार बिरुवा लिएर फूल खेती गर्यौं।'
शहरसँगै जोडिएको गाउँ भए पनि अहिलेसम्म पनि गुण्डुका फूल व्यवसायीको पहुँच बजारसम्म छैन। फूल कारोबारमा रहेका बिचौलियाले पैसा कमाउँदा किसानहरु भने सधैं मारमा पर्ने कारण त्यही हो।
'बिचौलियाले नै फूलको भाउ तोकिदिन्छन्। गुण्डुका अधिकांश घर धुरीले फूल व्यवसाय गर्छौं,' उनले भनिन्, 'पाँच वर्ष अगाडि जुन भाउ थियो यसपाला त्यही भाउ फर्केर आएको छ।'
२० वर्षदेखि फूल खेतीमा सक्रिय पविता नगरकोटी पनि निराश देखिइन्। उनको ३ रोपनी जग्गामा फूल ढकमक्क छ।
'सयपत्री नबिकेर बेहाल छ। दशैंमा बेच्न गएको नबिकेर खोलामा फालेर आएँ,' उनले भनिन्। अनुदानले दिएको बीउ राम्रो भएन। एक विरुवाकै १० रुपैयाँ तिरेको उनको दावी थियो।
यस वर्षजति फूलमा घाटा उनले कहिल्यै बेहोरेकी थिइनन्।
'मलाई फूलले दु:ख मात्र भएको छ। अहिले त किन्ने भन्दा बेच्ने धेरै भएका छन्,' उनले भनिन्, 'एक रोपनीमा मात्रै २० हजार रुपैयाँभन्दा बढीको बीउ लगाएको छु। ज्याला पनि धेरै गयो। बिक्री भएको भए एक लाख आउँथ्यो।'
उनले हिउँदमा फूल्ने लोकल फूल पनि लगाएकी छिन्। 'म त वर्षमा फूलबाटमात्र २/३ लाख कमाउने मान्छे,' उनले भनिन्, 'यसपाली ३ हजार पनि आएको छैन। अहिले जस्तो कहिल्यै डुबेको थिइनँ।'
हामी उनको पछि लाग्दै उनको बारीतिर लाग्यौं। उनी बोल्दै गइन्, 'फूल त बारीमा मात्र छ। भाउ छैन।'
उनी फूल टिप्न थालिन्। उनलाई परिवारका सदस्यले फूल खेती गर्न नगर्न भन्दै आएका छन्। तर, उनी रहरले नै फूल खेती गर्दैछिन्। तर यसपालाको घाटाले मन मरेको छ। उनले पोहोर मखमलीको १० हजारवटा माला बनाएकी थिइन्। त्यतिखेरको पैसा समेत उठेको रहेनछ उनको।
'फूल उमार्न गाह्रो हुन्छ। औषधी हाली रहनुपर्छ,' उनले भनिन्, 'साउनमा भएको भए फूल बिक्थ्यो। यसपाली नबिक्ने समयमा मात्र फूल फुल्यो। अर्कोपाली त रोप्नै मन छैन।'