PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, उपप्रधान मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झन्डा, हेर्नुस् फोटोमा

तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, उपप्रधान मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झन्डा, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ। काठमाडौंको शोभा भगवतीको कर्णदीपमा तुलाधरको अन्त्येष्टि गरिएको हो।

तुलाधरलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धञ्जली अर्पण गरेका थिए। त्यसैगरी उनलाई सशस्त्रको टुकुडीले सलामी अर्पण गरेको थियो।

उनलाई अन्तिम श्रद्धञ्जली दिन कांग्रेसका उपसभापति विमलेन्द्र निधि, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्व सभामुख ओनसरी घर्तीलगायत शोभाभगवती 

अन्तिम संस्कार अघि तुलाधरको निवास लाजिम्पाटबाट आज दिउँसो २ बजे कमलाक्षी, असन, थायमदु (बांगेमुढा), क्षेत्रपाटी हुँदै शोभाभगवतीसम्म शवयात्रा गरिएको थियो।

तुलाधरको ७७ वर्षको उमेरमा आइतवार नर्भिक अस्पतालमा निधन भएको थियो।

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार तुलाधरले सम्हालेका थिए। 

पञ्चायतकालमा २०४३ सालमा 'जनपक्षीय' उम्मेदवारका रुपमा सूर्य चिह्न लिई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई अचम्ममा पारेका थिए। 

तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा लगातार दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा संसदीय चुनाव जितेका थिए।

तर एमाले र माले फुटेपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा मालेको तारा चिह्नबाट चुनाव लडेका उनले पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको भन्दा कम मत पाएका थिए। त्यसपछि तुलाधर कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन्। 

तुलाधर नेतामात्र हैन, भाषा आन्दोलनका खम्बा पनि थिए। नेपाल भाषा मंका खलःका आजीवन अध्यक्ष रहेका उनी पत्रकार पनि थिए। तत्कालीन नेपाल भाषा दैनिकका सम्पादक, राजमति साप्ताहिकका वरिष्ठ अतिथि सम्पादक र युगधारा साप्ताहिकका सम्पादकसमेत उनी भएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell