
काठमाडौं : हाँस्य कलाकार जीतु नेपाल 'मुन्द्रे' नयाँ कार्यक्रम लिएर दर्शकमाझ आएका छन्। उनले संचालन गर्ने नयाँ कार्यक्रम हो 'मुन्द्रेको कमेडी क्लब'।
नेपाल टेलिभिजनमा हरेक सोमबार राती ८:५० बजे यो कार्यक्रम प्रसारणमा आउनेछ। आधा घण्टाको कार्यक्रममा हाँस्य कलाकार दीपाश्री निरौला, राजाराम पौड्याल, राजेन्द्र नेपाली, उमेश राई देखिनेछन्।
कार्यक्रममा दर्शकले नेपालीपन भेटिने 'मुन्द्रे'को दावी छ। विगत २० वर्षदेखि दर्शकलाई हसाउँदै आएका 'मुन्द्रे' यस्तै कार्यक्रमको तयारीमा थिए। तर, त्यतिखेर उनीसँग लगानीकर्ता थिएन।
'यो स्टेज सो हो। टेलिश्रृङ्खलाहरु भित्र बाहिर खिचिन्छ। तर यो चाहिँ एउटै स्टेजमा रमाइलो गर्ने कार्यक्रम हो। स्टेजमा हुने कमेडी', मुन्द्रेले भने 'यो हाम्रो परिवेशको कार्यक्रम हो'। कार्यक्रमलाई रुचाइदिनेमा उनी आशावादी छन्। उनले भारतीय टेलिभिजनको चर्चित कमेडी सो 'कमेडी विथ कपिल शर्मा'को नक्कल नभएको दावीसमेत गरेका छन्।