PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ



पहिलोपोस्ट

पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ

सुर्खेतः प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो। पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ। प्रहरीले सामाजिक अपराधसम्बन्धी चेतनामूलक कार्यक्रम गाउँबस्ती र टोलटोलमा सञ्चालन गरिरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell