PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पीपीएल फाइनल : चितवनले दियो पोखरालाई १६१ रनको लक्ष्य, कप्तान पारसको अर्धशतक



पहिलोपोस्ट

पीपीएल फाइनल : चितवनले दियो पोखरालाई १६१ रनको लक्ष्य, कप्तान पारसको अर्धशतक

पोखरा : पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेटको उपाधिका लागि अहिले घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच खेल भइरहेको छ। चितवनले पोखरालाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान पारस खड्काको अर्धशतक मद्दतमा ५  विकेट गुमाएर १६० रन बनायो। पारसले ३७ बल खेल्दै ९ चौकाको मद्दतमा ५१ रन बनाए। पीपीएलमा उनको यो पहिलो अर्धशतक समेत हो।

दोस्रो ओभरमै चितवनले ओपनर हरिशंकर शाह (८) लाई गुमाएको थियो। तर कप्तान पारस र अर्का ओपनर अनिल शाहले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दै चितवनको रन गती बढाए। अनिलले ३८ बल खेल्दै ३७ रन बनाए। यस्तै सन्नी पटेलले आक्रमक ब्याटिङ गर्दै ४३ रन बनाए। २१ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। 

बलिङमा पोखराका कृष्ण कार्कीले दुई तथा ललित नारायण राजवंशी र मोहम्मद नाभिदले एक-एक विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell