PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

एकअर्कालाई आरोप लगाउन व्यस्त तनुश्री र राखी



पहिलोपोस्ट

एकअर्कालाई आरोप लगाउन व्यस्त तनुश्री र राखी

तनुश्री दत्त र नाना पाटेकरका विषयमा नबोल्ने मान्छे बलिउडमा कमै होलान्। पछिल्लो समय उनीहरु मिडिया र दर्शकका लागि चासोको विषय बनेका छन्। १० वर्ष अघि 'हर्न ओके प्लिज'को सेटमा नानाले ह्यारेसमेन्ट गरेको आरोपमा तनुश्रीले प्रहरीमा उजुरी गरेकी छिन्।

फिल्मकर्मीहरु यस विषयमा बोल्न थालेका छन्। नाना र तनुश्रीको पक्ष/विपक्षमा फिल्मकर्मी उभिएका छन्। हालै विवादस्पद कलाकार राखी सावन्त यस विषयमा बोल्ने क्रममा तनुश्रीको विरुद्धमा उभिइन्। उनले तनुश्रीलाई लेसबियनको आरोप लगाउँदै संवेदनशिल अङ्गमा छोएर तनुश्रीले आफ्नो बलात्कार नै गरेको बताएकी थिइन्।

तर, तनुश्रीले उक्त आरोप गलत रहेको बताउँदै आएकी छिन्। अहिले उनले भारतीय मिडियालाई राखी ट्रान्स जेन्डर रहेको खुलासा गरेकी छिन्। उनले भनेकी छिन् 'एक समय इण्डस्ट्रीमा राखी ट्रान्जेन्डर रहेको हल्ला थियो। सबैलाई यसबारे थाह छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell