PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सन्नी पटेल पीपीएलको 'प्लेअर अफ दि सिरिज' घोषित



पहिलोपोस्ट

सन्नी पटेल पीपीएलको 'प्लेअर अफ दि सिरिज' घोषित

पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० को 'प्लेअफ अफ दि सिरिज' सन्नी पटेल घोषित भएका छन्। उपविजेता चितवन राइनोजका सन्नी पटेलले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे।

चितवनलाई फाइनलसम्म पुर्‍याउन अलराउण्ड प्रदर्शन गरेका पटेलले ब्याटिङमा १९४ रन र बलिङमा १० विकेट लिए। उनले एक थान सुजुकी मोटरबाइक हात पारे।


यस्तै च्याम्पियन टिम पोखरा पल्टनका ललित नारायण राजवंशी 'मोस्ट भ्यालुएबल प्लेअर' घोषित भए। उनले नगद १ लाख १ हजार प्राप्त गरे। ललितले प्रतियोगितामा १० विकेट लिए।

प्रतियोगिताको 'बेस्ट ब्याट्सम्यान' काठमाडौँ रोएल्सका गौरव तोमर र 'बेस्ट बलर' चितवन राइनोजका करण केसी घोषित भए। तोमरले ब्याटिमा दुई अर्धशतकसहित २१२ रन बनाएका थिए। उनी सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा रहे। यस्तै चितवनका करण केसीले सर्वाधिक १२ विकेट लिए।

पोखराकै बलर रासिद खान एमर्जिङ प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए। उनले नगद ५१ हजार हात पारे। प्रतियोगितामा ७ विकेट लिएका रासिद सर्वाधिक विकेट लिने सूचीमा नवौँ स्थानमा रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell