PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

दीपावलीको दियोले भिखमपुरमा जल्यो ७ घर, १० लाखको क्षति



राधेश्याम पटेल

दीपावलीको दियोले भिखमपुरमा जल्यो ७ घर, १० लाखको क्षति
फोटो:प्रकाश थारुको फेसबुकबाट

वीरगंज: पर्साको धोबिनी गाउँपालिकामा लक्ष्मीपूजाका दिन अागलागी हुँदा ७ वटा घरगोठ जलेर १० लाखको क्षति भएको छ। धोबिनीको वडा नं २ पर्ने भिखमपुरमा अाज साँझ ७ बजे अागलागी भएको हो।

दीपावलीको दिन स्थानीय बासिन्दाले गोठमा दियो बालेर अाएको केही बेरमा भीषण अागलागी भएको भिखमपुरका स्थानीय हरेन्द्र राउत कुर्मीले बताए। अागलागीमा परी झगरू महतो, हिरा चौहान, नथुनी राउत कुर्मी, जगदीश राउत कुर्मी, भागीरथ राउत कुर्मी, असर्फी कुर्मी, शम्भु कुर्मीलगायतको गोठघर जलेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी गराए।

अागलागी पोखरियाबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिइसकेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell