PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

उपसभामुख तुम्बाहाम्फे बेलायत प्रस्थान, महिला सांसदको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने



पहिलोपोस्ट

उपसभामुख तुम्बाहाम्फे बेलायत प्रस्थान, महिला सांसदको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने

काठमाडौँः उपसभामुख शिवमाया तुम्बाहाम्फे बेलायत प्रस्थान गरेकी छन्। महिलालाई मताधिकार प्रदान गरिएको १०० वर्ष पुगेको सन्दर्भमा यही कात्तिक २२ र २३ गते बेलायतमा हुने महिला सांसदको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्।

उक्त सम्मेलनमा उपसभामुख तुम्बाहाम्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम छ। उनले बेलायतमा नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छिन्। यही कात्तिक २४ गते ‘भिजिट नेपाल– २०२०’ को प्रवर्द्धनका लागि उच्चस्तरीय समिति घोषणा गर्न बेलायतस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख तुम्बाहाम्फे सहभागी हुने कार्यक्रम छ।

‘ब्रिटेन– नेपाल चेम्बर अफ कमर्स’सँगको सहकार्यमा कात्तिक २७ गते नेपाली दूतावासमा आयोजना हुने ‘नेपाल डेभलपमेन्ट कन्फरेन्स’मा पनि तुम्बाहाम्फे सहभागी हुने उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell