PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ट्रम्पले गरे महान्यायाधिवक्ता सेशन्सलाई पदबाट बर्खास्त



पहिलोपोस्ट

ट्रम्पले गरे महान्यायाधिवक्ता सेशन्सलाई पदबाट बर्खास्त

काठमाडौँः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेशन्सलाई पदबाट हटाएका छन्। ट्वीटमार्फत सेशन्सलाई हटाएको जानकारी दिँदै ट्रम्पले म्याथ्यू ह्वीटकरलाई अस्थायी रुपमा कार्यवाहक महान्यायाधिवक्ता तोकेको बताएका छन्।

ट्रम्पले ट्वीटमा भनेका छन् ‘हामी जेफ सेशन्सलाई सेवाका लागि धन्यवाद दिन्छौँ। र, आगमी दिनका लागि शुभकामना।’

महान्यायाधिवक्ता सेशन्सले भने पद छाड्ने निर्णय आफ्नो नभएको भन्दै राष्ट्रपतिको आग्रहमा राजीनामा दिन लागेको बताएका छन्।

सेशन्सले राष्ट्रपतिलाई धन्यवाद दिँदै आफू पदमा रहँदा विधिको शासन पुर्नस्थापित गरेको बताएका छन्।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रसियाको संलग्नताबारेको अनुसन्धानबाट सेशन्स अलग भएपछि ट्रम्पले उनको आलोचना गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell