PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दिपावलीको बत्ती बाल्दा दुई बालकको मृत्यु



पहिलोपोस्ट

दिपावलीको बत्ती बाल्दा दुई बालकको मृत्यु

सर्लाहीः सर्लाहीको मलङ्गवामा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ। त्यस्तै ब्रह्मपुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ।

दिपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवारी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो।

त्यस्तै ब्रह्मपुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दिपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell