PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

कुञ्ज थिएटरमा ‘लिलामे माइलो’सँगै नि:शुल्क फोटो प्रदर्शनी



पहिलोपोस्ट

कुञ्ज थिएटरमा ‘लिलामे माइलो’सँगै नि:शुल्क फोटो प्रदर्शनी

मौलिक र सामाजिक परिवेशमा आधारित लोक नाटक ‘लिलामे माइलो’  मञ्चनको तयारीमा छ। आउँदो मंसिर १४ देखि नाटक कुञ्जमा मञ्चन हुनेछ।

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ। पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङको लेटाङ स्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि तयारी गरेको थियो। 

नाटकमा कथा तथा निर्देशन प्रभाकर न्यौपानेको रहेको छ। कथाको नाट्य रुपान्तरण भने राज थापा काउचाले गरेका हुन्। कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थी, विजय नेपाल, वीरेन्द्र खाती, अलविना न्यौपाने, विपना थापा लगायत मञ्चमा देखिने छन्।  

पुस ७ गतेसम्म देखाइने नाटक नियमित मञ्चनपछि मोफसल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवहरुमा समेत मञ्चन गर्ने तयारी रहेको निर्माण युनिटले जानकारी दिएको छ।

नेपालका आदिवासी जनजातिमध्येको मगर जातिको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्धन गर्नुको साथै पर्यटकीय क्षेत्र मोरङको राजारानी ताललाई पनि प्रवर्द्धन गर्न मद्धत पुग्ने बताइएको छ।

नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल नि:शुल्क फोटो प्रदशनी समेत राखिने छ। त्यस्तै काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको कला सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रीका लागि राखिने छ।

नाटक युनिटले मंसिर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई र मंसिर १३ गते बृद्धाश्रमका बा, आमाका लागि नि:शुल्क मञ्चन गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell