PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी  



एम बम

बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी  

कैलाली: कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा फेरी कुटपिट भएको छ। गत २०७४ फाल्गुन २४ गते अन्तराष्ट्रिय महिला दिवसका दिन मरणासन्न हुनेगरी कुटिएका राधा बुधबार लक्ष्मी पुजाका दिन फेरी कुटिएकी छन्। 

स्थानीय काली चरण चौधरीले सामान्य विवादमा राधालाई गाली गलौच गरी बोक्सीको आरोप लगाउँदै कुट्पिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक हरी वलीले जानकारी दिए। 

राधाकी आमासँग काली चरणको सामान्य विवादमा भए पछि राधाले त्यसो नगर्न भनेको निहुँमा उनलाई गाली गरी लठ्ठीले कुटपिट गरेको बताइएको छ। उनलाई बोक्सी भनेर कुट्पिट भएको उनले बताइन्।

कुटपिटमा संलग्न चरणलाई इलाका प्रहरी कार्यालय शुख्खडले नियन्त्रणामा लिइसकेको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने र अनुसन्धान अगाडि बढाउने तयारी गरिएको प्रहरी नायब उपरिक्षक वलीले बताए। 

यसअघि बोक्सीकै आरोपमा राधालाई ७ घण्टासम्म मरणासन्न हुनेगरी कुट्ने भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell