PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रधानमन्त्री केपी ओलीलाई भाइटीका लगाइदिन बहिनीहरु काठमाडौँमा



पहिलोपोस्ट

प्रधानमन्त्री केपी ओलीलाई भाइटीका लगाइदिन बहिनीहरु काठमाडौँमा

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइटीका लगाउन दुई बहिनीहरु काठमाडौं आएका छन्। टीकाको शुभसाइतमा प्रधानमन्त्री ओलीले विष्णुमाया ढकाल र कमलादेवी कोइरालाको हातबाट सप्तरंगी टीका थाप्नेछन्।

अस्वस्थ भएपछि पाँच दिन अस्पतालमा भर्ना भएर उपचार गरेका ओली प्रधानमन्त्री निवास बालुवाटारमा नै आराम गरिरहेका छन्।

ओलीकी जेठी बहिनी विष्णुमाया चितवनबाट आएकी हुन्। माहिली बहिनी कमलादेवी कोइराला भने झापाको काकडभिट्टाबाट दाजु तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिन आएकी हुन्। उनका बहिनीहरु राजनीतिबाट भने टाढा नै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell