PahiloPost

Jan 8, 2026 | २४ पुष २०८२

सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धिः प्रधानमन्त्री



पहिलोपोस्ट

सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धिः प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रबिन्दु आर्थिक समृद्धि भएको बताएका छन्।

तिहारका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले जनताको पछौटेपन र गरिबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्प विकसित अवस्थाबाट स्तरोन्नती गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

‘विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधारण तीव्रता दिइनेछ’ प्रधानमन्त्रीले भनेका छन् ‘सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ संकल्पित छौँ।’

हरेक नेपालीको मुहारमा खुसी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले शुभकामनामा उल्लेख गरेका छन्। देशलाई आर्थिक रूपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको प्रधानमन्त्रीको भनाई छ।

दुई छिमेकी देशसँगको सन्तुलित आर्थिक सम्बन्धलाई आर्थिक रूपान्तरणको मार्गमा अघि बढाउने प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell