PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

अमेरिकामा रात्रि क्लवमा गोली प्रहार, १२ जनाको मृत्यु



पहिलोपोस्ट

अमेरिकामा रात्रि क्लवमा गोली प्रहार, १२ जनाको मृत्यु

आउजेण्ड ओक्सः संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रि क्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ।

घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन्। स्थानीय समय अनुसार बुधबार राति ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।

राति भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ। अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ। पहिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ भने आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैलाई समेत गोली हानेको हुनसक्ने बताइएको छ।

भेन्चुरा काउन्टीका सेरिफ जिअफ डिनले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार मारिनेमा बन्दूकधारी आक्रमणकारी पनि रहेका छन्। आक्रमणकारी ती व्यक्तिको पहिचान खुलिसकेको छैन।

प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन नसकेको तर अनुसन्धान जारी रहेको डिनले बताए।

घटनामा आतङ्ककारी समूहको सम्लग्नता रहेको कुनै आधार फेला परिनसकेको र यसबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले अधिकारी डिनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell