PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

पूर्वराजाको टीका सर्वसाधारणको साइतभन्दा दुई घण्टा अगाडि, २२ फोटो र भिडियोमा हेर्नुस् बहिनीको घरमा ज्ञानेन्द्रको भाइटीका

पूर्वराजाको टीका सर्वसाधारणको साइतभन्दा दुई घण्टा अगाडि, २२ फोटो र भिडियोमा हेर्नुस् बहिनीको घरमा ज्ञानेन्द्रको भाइटीका

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी देवी शाहसित बिहान ९ बजेर ५१ मिनेटको साइतमा टीका लगाएका छन्। 

पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम हुने बताए पनि पूर्वराजाले अलग्गै साइतमा टीका लगाएका हुन्।

टीका लगाउनका लागि कमलादीस्थित शोभागृहमा पूर्वराजा ज्ञानेन्द्र पुगेका थिए। विधिपूर्वक भाइटीका सकिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा पूर्वराजाले कुनै राजनीतिक टिप्पणी भने गरेनन्। पोहोर उनले जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार भएको बताएका थिए। यस पटक भने उनले शुभकामना मात्रै दिए। 

भिडियो हेर्नुस्-
कमलादीस्थित शोभागृहमा पूर्वराजाको गाडी प्रवेश गर्दै।
पूर्वराजालाई स्वागत गर्दै बहिनी शोभा।


ट्रेन्डिङ पोस्ट

Ncell