PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दशैँमा आलोचना भएपछि सञ्चारकर्मीहरुलाई शितल निवासमा 'नो इन्ट्री', राष्ट्रपतिको भाइटीका खिच्न पाएनन्



पहिलोपोस्ट

दशैँमा आलोचना भएपछि सञ्चारकर्मीहरुलाई शितल निवासमा 'नो इन्ट्री', राष्ट्रपतिको भाइटीका खिच्न पाएनन्
फाइल फोटो

काठमाडौँ : राष्ट्रपतिले लगाउने भाइटीकाको फोटो र भिडियो खिच्न सञ्चारकर्मीहरुलाई शितल निवासमा सुरक्षाकर्मीहरुले रोकेका छन्। 

यसअघिका वर्षहरुमा सञ्चारकर्मीहरुले प्रवेश पाए पनि यो वर्ष भने गेटमा सुरक्षाकर्मीहरुले रोकेको न्युज एजेन्सी नेपालका प्रबन्ध निर्देशक सविन धमलाले बताए। 

'भाइटीका प्राइभेट विषय हो। तपाईँहरुलाई हामी आफै फोटो पठाइदिन्छौँ भनेर रोकियो। कसैलाई पनि जान दिएनन्', उनले भने। 

राष्ट्रपतिले दशैँमा टीका लगाइदिँदा घुँडा टेकेर समेत टीका लगाएको फोटो सार्वजनिक भएसँगै आलोचना बढेको थियो।  

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाउने कार्यक्रम थियो। यसअघिका दुई वर्षमा राष्ट्रपतिको भाइटीकाको फोटो र भिडियो खिच्न सञ्चारकर्मीहरुलाई अनुमति थियो। 


२०७४ सालको राष्ट्रपतिको भाइटीका।


२०७३ सालको राष्ट्रपतिको भाइटीका।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell