PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

एडमन्टनमा भक्तराज आचार्य सम्मान साँझ हुने



पहिलोपोस्ट

एडमन्टनमा भक्तराज आचार्य सम्मान साँझ हुने

एडमन्टन् : बरिष्ठ गायक तथा संगीतकार एवम् भजन शिरोमणि भक्तराज आचार्यको सम्मान तथा सत्य स्वरुप आचार्य साँझ २०१८ आयोजना हुने भएको छ।

क्यानडामा रहको स्थानीय कलाकारहरुको समूह सङ्गीत मझेरी एडमन्टनले कार्यक्रम गर्न लागेको हो। कर्यक्रम क्यानडाको अल्वर्टा राज्यको राजधानी एडमन्टनस्थित सेन्ट्रल लायन्स रिक्रिएसन सेन्टरमा नोभेम्बर १८ मा हुने भएको हो।
 
यस कार्यक्रमको संयोजन ईश्वर खत्रीले गरेका छन्। कार्यक्रमको तयारी  भइरहेको जानकारी उनले दिए। उनका अनुसार कार्यक्रममा स्थानीय संस्था सङ्गीत मझेरीले आचार्यलाई प्रमाणपत्रका साथै नगद क्यानेडियन डलर ५०० बाट सम्मान गर्ने कार्यक्रम छ। नगद भक्तराज आचार्य प्रतिष्ठानलाई हस्तान्तरण गरिने जानकारी खत्रीले दिए। 

२०१६ मा संगित मझेरी स्थापना भएको हो। यस संस्थाले हरेक महिना एउटा साङ्गीतिक कार्यक्रम गर्दै आएको छ। संस्थाले अहिलेसम्म ३३ वटा सङ्गीत शृखला प्रस्तुत गरिसकेको जानकारी मझेरीका बरिष्ठ सदस्य राजेन्द्र सुवेदी ‘छहारी’ले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell