PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

ओलम्पिक छनोट (महिला फुटबल) : नेपालले आज म्यानमारसँग खेल्दै



पहिलोपोस्ट

ओलम्पिक छनोट (महिला फुटबल) : नेपालले आज म्यानमारसँग खेल्दै

काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकअन्तर्गत महिला फुटबल प्रतियोगिताको लागि एसियाली छनोटको  खेलिरहेको नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ।

समूह सी अन्तर्गतको खेलहरु म्यानमारमै भइरहेको छ र आयोजक विरुद्धको खेल नेपालको लागि निकै महत्वपूर्ण हुनेछ। यसअघि पहिलो खेलमा नेपालले भारतसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो। उता म्यानमारले भने बंगलादेशलाई ५-० ले पराजित गर्दै शानदार सुरुवात गरिसकेको छ।

त्यसैले नेपालको लागि समूहको शीर्ष दुईमा रहने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने हुन्छ। आजै भारत र बंगलादेशबीच पहिलो खेल हुनेछ। त्यसको नतिजाले पनि नेपालले कस्तो नतिजा निकाल्ने भन्ने थाहा हुनेछ।

पहिलो चरण खेलिरहेका चार समूहका समूह विजेतासँगै दुई उत्कृष्ट समूह उपविजेता छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell