PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रिमियर लिग : हुवान फोयथको निर्णायक गोलमा टोटनहम विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : हुवान फोयथको निर्णायक गोलमा टोटनहम विजयी

लण्ड क्लब टोटनहम हट्सपरले प्रिमियर लिगमा यस सिजनको नवौँ जित हात पारेको छ। हुवान फोयथले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा क्रिस्टस प्यालेसलाई १-० ले पराजित गर्दै टोटनहमले शीर्ष स्थानको म्यानचेष्टर सिटी समान खेल जितेको हो। प्रिमियर लिगमा फोयथको यो पहिलो गोल समेत हो।

यद्यपी अंक तालिकामा भने टोटनहम चौथो स्थानमै यथावत छ। दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुल समान २७ अंक जोडेपनि टोटनहम गोल अन्तरमा पछि छन्।

टोटनहमले यस सिजन खेलेको १२ मध्ये ९ खेल जित्दा तीन खेलमा हार बेहोरेको छ।टोटनहमले यस सिजन लिगमा बराबरी खेलेको छैन। चेल्सी र लिभरपुलले समान ८ खेल जितेपनि अपराजित यी दुवै टोलीले तीन खेल बराबरी खेलेका थिए।

उता अपराजित अर्को टोली सीटीले ९ खेल जित्दा दुई खेलमा बराबरी खेलेको थियो।

लिगकै अन्य खेलमा कार्डिफ सिटीले ब्राइटनलाई र न्यूकासल युनाइटेडले एफसी बर्नमाउथलाई समान २-१ ले हरायो। यस्तै हडर्शफिल्ड र वेष्टह्याम तथा साउथह्याम्पटन र वाटफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे। लेस्टरले पनि घरेलु मैदानमा बर्नलीसँग गोलरहित बराबरी खेलेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell