PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पोखरामा श्रीमती हत्या गरेर फरार दुर्गा बहादुर घर्ती बुटवलबाट पक्राउ



पहिलोपोस्ट

पोखरामा श्रीमती हत्या गरेर फरार दुर्गा बहादुर घर्ती बुटवलबाट पक्राउ
प्रतीकात्मक तस्विर

रुपन्देहीः आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बुटवल योगीकुटीका दुर्गा बहादुर घर्तीलाई भैरहवाबाट पक्राउ गरेको छ। कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २७ रठेपानीमा कार्तिक २२ गते श्रीमती शर्मिलाको हत्या गरेको अभियोगमा प्रहरीले घर्तीलाई शनिबार अपरान्ह सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बसपार्कबाट पक्राउ गरेको हो।

बुटवलको योगीकुटी स्थायी घर भएका घर्तीले पोखरास्थित डेरामा श्रीमती शर्मिलाको हत्या गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले घर्ती रुपन्देहीमा आएको हुन सक्ने आशंकामा खोजतलासका लागि आग्रह गरेपछि रुपन्देही प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका घर्तीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको रुपन्देही प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell