PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अछाममा भीरबाट लडेर किशोरीको मृत्यु



पहिलोपोस्ट

अछाममा भीरबाट लडेर किशोरीको मृत्यु
प्रतीकात्मक तस्विर

अछामः अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो।

घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले जनाएको छ।

भीरबाट करीब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको बताइएको छ। उनीसँगै उनकी आमा र भाउजु पनि घाँस काट्न गएका थिए। मृतक चलाउने विद्या मन्दिर मावि विनायकमा कक्षा ९ मा अध्ययनरत रहेको उनका बुबा मीनबहादुर चलाउनेले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell