PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

मनीषा कोइरालाको आत्मकथा 'हिल्ड'को पोस्टर आउट



पहिलोपोस्ट

मनीषा कोइरालाको आत्मकथा 'हिल्ड'को पोस्टर आउट

अभिनेत्री मनीषा कोइरालाको आत्मकथा 'हिल्ड' डिसेम्बरमा सार्वजनिक हुने भएको छ। पुस्तकले मनीषाको क्यान्सर विरुद्धको लडाईंलाई प्रस्तुत गरेको छ। मनिषाले सामाजिक सञ्जाल ट्विटरमार्फत पुस्तकको कभरको लुक्स सार्वजनिक गरेकी छिन्। उनले लेखेकी छिन् 'क्यान्सरबाट बच्नु नै पाठ हो। फेरि, जिन्दगीसँग प्रेम गर्न सिक्दै छु।'

नीलम कुमारले यो पुस्तक लेखेका हुन्। पुस्तकको उपशीर्षक छ, 'कसरी क्यान्सरले मलाई नयाँ जीवन दियो'। २०१२ मा पाठेघरको क्यान्सर लागेपछि अमेरिकामा उनको उपचार गरिएको थियो।

उनको डर अनि संघर्षको कथा पुस्तकमा समेटिएको 'द हिन्दू'मा उल्लेख गरिएको छ। मनिषा क्यान्सरबाट मुक्त भएको ६ वर्ष भइसक्यो। 'पेंगुइन इन्डिया'ले उनको पुस्तक प्रकाशनमा ल्याएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell