PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

'जात्रै जात्रा'को टिजरमा अटाइनन् वर्षा



पहिलोपोस्ट

'जात्रै जात्रा'को टिजरमा अटाइनन् वर्षा

काठमाडौं : फिल्म 'जात्रै जात्रा'को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सार्वजनिक गरेको टिजरमा फिल्मका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया र दया हाङ राई फिचर्ड छन्। टिजर, कमेडी र सस्पेन्सले भरिएको छ।

प्रदीप भट्टराई निर्देशित फिल्ममा अभिनेत्री वर्षा राउतको मुख्य अभिनय छ। तर फिल्मको टिजरमा अभिनेत्री वर्षालाई स्थान दिइएको छैन। जात्रा निर्देशक प्रदीपले यसअघि 'सत्रुगते' निर्देशन गरेका थिए।  

फिल्ममा मित्र डि गुरुङको सम्पादन, शंकर महर्जनको द्वन्द, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत रहेको छ।  फिल्म फागुन १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मको टिजर युट्युब ट्रेन्डिङको २३ औं स्थानमा छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell