PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

पहिलो पटक 'फिना वर्ल्ड कप'मा प्रतिस्पर्धा गर्दै तीन नेपाली पौडीबाज



पहिलोपोस्ट

पहिलो पटक 'फिना वर्ल्ड कप'मा  प्रतिस्पर्धा गर्दै तीन नेपाली पौडीबाज

काठमाडौँ : सिंगापुरमा आयोजना हुने फिना वर्ल्ड कप-२०१८ मा नेपालबाट तीन पौडी खेलाडीले प्रतिस्पर्धा गर्नैछन्। प्रतिस्पर्धी तीन खेलाडीसहित पाँच सदस्यी नेपाली पौडी टोलीलाई नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले आइतवार बिदाइ गरे।

यही नोभेम्बर १५ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा डुवाना लामा, उपास्ती महर्जन तथा साईद हम्जा शाहले  प्रतिस्पर्धा गर्नेछन्। यस्तै प्रशिक्षकमा रत्नलाल महर्जन तथा ब्यवस्थापकमा बिष्णु खड्का रहेका छन्।

प्रतियोगितामा डुवाना र उपास्तीले ५० मिटर फ्रिस्टायल, ५० र १०० मिटर बेष्ट स्ट्रोक तथा शाहले ५० मिटर फ्रि स्टायल, ५० र १०० मिटर बेष्ट स्ट्रोक र ५० र १०० मिटर बटरफ्लाईमा प्रतिस्पर्धा गर्नेछन्। सबै खेलाडीहरुको लागि यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो।

यस प्रतियोगितामा नेपाली खेलाडीहरुले आफ्नो ब्यक्तिगत समयमा सुधार गर्ने र आगामी दिनमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३औं दक्षिण एशियाली खेलकुदमा राम्रो नतिजा प्राप्त गर्न सफल हुने प्रमुख प्रशिक्षक शंकर कार्कीले बताए।

नेपाली टोली आइतबारै सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell