A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab1b5aea710d7.34382269): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab1b5aea710d7.34382269,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सुरज होटलको क्यासिनोमा छापा मार्दा पक्राउ परेका तीन जना को? २४ घण्टा बित्दा पनि परिचय गोप्य
PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

सुरज होटलको क्यासिनोमा छापा मार्दा पक्राउ परेका तीन जना को? २४ घण्टा बित्दा पनि परिचय गोप्य



राधेश्याम पटेल

सुरज होटलको क्यासिनोमा छापा मार्दा पक्राउ परेका तीन जना को? २४ घण्टा बित्दा पनि परिचय गोप्य

वीरगंज : वीरगंजको आदर्शनगरमा रहेको होटल सुरजको क्यासिनोमा गएराति जिल्ला प्रशासन कार्यालय पर्साले छापा हानेको छ। छापा हानेको २४ घण्टा बित्न लाग्दा पनि प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयले समातिएका व्यक्तिको परिचय गोप्य राखेको छ। 

शनिबार राति ९ बजे पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडयालको नेतृत्वको टोलीले आदर्शनगर चोकमै रहेको सुरज होटलको क्यासिनोमा छापा हानी तीन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका व्यक्तिहरु नेपाली नागरिक हुन् वा भारतीय खुलाइएको छैन। उनीहरुलाई कहाँ राखिएको छ भन्ने कुरा पनि सञ्चारकर्मीलाई जानकारी गराइएको छैन।

पर्साका प्रमुख जिल्ला अधिकारी पौडयालसँग बुझ्दा घटना बारे अनुसन्धान भइरहेकोले अहिले नै विस्तृत जानकारी गराउन नमिल्ने बताए। कति जना पक्राउ परेका र कहाँका नागरिक हुन् भन्ने प्रश्नमा उनले भने,‘अहिले भेरिफिकेशन भइरहेको छ,भन्न मिल्दैन,बरु तपाईँहरुले लेख्न सक्नु हुन्छ,अनुसन्धान चलिरहेको छ भनेर।’

आज प्रहरीसँग बस्ने कुरो थियो,त्यो बैठक हुन सकेन, त्यही भएर घटना सार्वजनिकमा ढिलाए भएको उनले बचाउ गरे।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालसँग फोन सम्पर्क गर्न खोज्दा फोन उठाएनन् भने प्रहरी प्रवक्ताको मोबाइल अफ छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell