PahiloPost

Jan 8, 2026 | २४ पुष २०८२

हङकङमा हुने भयो ‘एभरेस्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड'



पहिलोपोस्ट

हङकङमा ‘एभरेस्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड' आयोजना हुने भएको छ। एभरेस्ट इन्टरटेनमेन्टको आयोजनामा पहिलो पटक अवार्ड कार्यक्रम हुन लागेको हो।

सन् २०१८ मा सार्वजनिक भएका फिल्मले अवार्डमा सहभागिता जनाउन पाउनेछन्। हङकङको 'क्विन एलिजावेथ स्टेडियम'मा हुने कार्यक्रममा २१ विधामा अवार्ड प्रदान गर्ने बताइएको छ। आयोजकका अनुसार फिल्म क्षेत्रमा योगदान पुर्‍याउने एकजनालाई 'लाइफ टाइम एचिभमेन्ट' अवार्डसहित सम्मान गरिनेछ।

सन् २०१९ जुन/ जुलाईमा अवार्ड वितरढण कार्यक्रम हुने नेपालका लागि व्यवस्थापक रहेका मनोज केसीले जानकारी दिए।

अवार्ड दिइने विधाहरु यस्ता छन्:

१. लाइफ टाइम एचिभमेन्ट अवार्ड

२. पपुलर फिल्म अफ दि इयर

३. पपुलर एक्टर अफ दि इयर

४. पपुलर एक्टर-फिमेल अफ दि इयर

५. पपुलर डिरेक्टर अफ दि इयर

६. पपुलर जुरी अवार्ड अफ दि इयर

७. पपुलर कमेडी एक्टर अफ दि इयर

८. पपुलर नेगेटीभ एक्टर अफ दि इयर

९. पपुलर न्यू एक्टर अफ दि इयर

१०. पपुलर न्यू एक्टर-फिमेल अफ दि इयर

११. पपुलर सिनेम्याटोग्राफी अफ दि इयर

१२. पपुलर स्क्रिप्ट राइटर अफ दि इयर

१३. पपुलर सपोटिङ एक्टर अफ दि इयर

१४. पपुलर सपोटिङ एक्टर-फिमेल अफ दि इयर

१५. पपुलर म्युजिक अफ दि इयर

१६. पपुलर सिंगर-मेल अफ दि इयर

१७. पपुलर सिंगर फिमेल अफ दि इयर

१८. पपुलर लिरिक्स राइटर अफ दि इयर

१९. पपुलर एक्सन अफ दि इयर

२०. पपुलर कोरियोग्राफी अफ दि इयर

२१. पपुलर क्यारेक्टर मेल अफ दि इयर

२२. पपुलर क्यारेक्टर फिमेल अफ दि इयर

कलाकारहरु, नेपालको आयोजक टिम र प्राबिधिक गरि करिब ६० जनाको टोलि नेपालबाट कार्यक्रमका जानेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell