PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, चेल्सी एभरटनसँग बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, चेल्सी एभरटनसँग बराबरीमा रोकियो

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतवार भएको खेलमा फुलह्यामलाई २-० ले पराजित गर्दै लिभरपुल अंकतालिकामा शीर्ष स्थानमा पुगेको हो।

लिभरपुलका लागि घरेलु मैदानमा मोहमद सलाह र जेर्दान शाकिरीले गोल गरे।

जितपछि १२ खेलबाट ३० अंक जोडेको लिभरपुलले म्यानचेष्टर सिटीलाई एक अंकले पछि पारेको छ। सिटीले एक खेल कम खेलेको छ र म्यानचेष्टर डर्बीमा आजै युनाइटेडसँग घरेलु मैदानमा भिड्दैछ।

लिभरपुल विजयी हुँदा लण्डन क्लब चेल्सी भने एभरटनसँग गोलरहित बराबरीमा रोकिएको छ। बराबरीपछि १२ खेलबाट २८ अंक जोडेको चेल्सी तेस्रो स्थानमा यथावत छ।

आजै पाँचौ स्थानको आर्सनलले वल्भरह्याम्पटनसँग घरेलु मैदानमा खेल्दैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell