PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

नक्कली असई प्रहरी फन्दामा



पहिलोपोस्ट

नक्कली असई प्रहरी फन्दामा

काठमाडौँः महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी बनेर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

महाशाखाको टोलीले वैदेशिक रोजगारीमा फसेको पैसा उठाइदिन्छु भनी महाशाखाको नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर ठगी गर्ने सिन्धुपाल्चोक चौताराका ३१ वर्षीय नारायण अधिकारी भन्ने नारायण विश्वकर्मालाई कात्तिक २१ गते पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

वैदेशिक रोजगारमा मकाउ जानका लागि कृष्ण चौधरीले विचौलिया खुश्वु गुरुङलाई रकम बुझाएकामा गुरुङले चौधरीलाई रकम फिर्ता नगरेपछि विकले ‘म महाशाखाको प्रहरी हुँ भनेर र केश मिलाइदिन्छु’ भनेर रु एक लाख मागी ठगी गरेको अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका विकसँग प्रहरीले नगद रु १६ हजार, मतदाता परिचय पत्र, एनटिसी र एनसेलको सिमकार्ड बरामद गरेको छ। महाशाखाले पक्राउ परेका विकलाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २१ को ठगीसम्बन्धी कसुरमा आवश्यक कारवाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको जनाएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell