PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

प्रिमियर लिग : म्यानचेष्टर डर्बीमा सिटी ३-१ ले विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर डर्बीमा सिटी ३-१ ले विजयी

प्रिमियर लिग अन्तर्गत आइतबार भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी विजयी भएको छ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको हो। जितपछि सिटी शीर्ष स्थानमै फर्किएको छ। आइतबारै भएको खेलमा फुलह्यामलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको थियो।

युनाइटेडललाई हराउँदै सिजनको दशौँ खेल जितेको सिटीले १२ खेलबाट ३२ अंक जोडेको छ भने समान खेलबाट लिभरपुलको ३० अंक छ।  

सिटीलाई जित दिलाउन डेभिड शिल्भा, सर्जियो अगुएरो र इकाए गुन्डागोनले एक-एक गोल गरे। युनाइटेडका लागि एन्टोनी मार्सएलले पेनाल्टीमा एक गोल फर्काए।

अर्को खेलमा आर्सनल वल्भरह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell