PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

अंक दुरी बढाउँदै युभेन्ट्स : रोनाल्डोले गोल गरे, हिग्वेनलाई रातो कार्ड



पहिलोपोस्ट

अंक दुरी बढाउँदै युभेन्ट्स : रोनाल्डोले गोल गरे, हिग्वेनलाई रातो कार्ड

इटालियन सिरी ए अन्तर्गत गएराती भएको दुई ठूला क्लबको भिडन्तमा युभेन्ट्स विजयी भएको छ। लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले दश खेलाडीमा झरेको एसी मिलानलाई २-० ले पराजित गर्दै शीर्ष अंक दुरी बढाउन सफल भएको छ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दा मिलानका गोल्जालो हिग्वेनले भने रातो कार्ड खाँदै मैदान छाड्नुपर्‍यो। दुवै खेलाडी यस अघि रियल मड्रिडबाट सँगै खेल्ने गर्थे। हिग्वेन युभेनट्सको पनि पूर्व खेलाडी हुन्। उनै यसै सिजन मात्र टुरिनबाट मिलान पुगेका थिए।

अवे मैदानमा युभेन्ट्सलाई जित मारियो मान्डुकिचले आठौँ र रोनाल्डोले ८१औँ मिनेटमा गोल गरे। हिग्वलेनले ८३औँ मिनेटमा रातो कार्ड पाएपछि मिलानले अन्तिम सात मिनेटमा दश खेलाडीमा झरेर खेलेको थियो।

जितपछि सिरी ए मा यस सिजन अपराजित युभेन्ट्सले १२ खेलबाट ३४ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको नेपोलीको समान खेलबाट २८ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell