PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा राजन भट्टराई नियुक्त



पहिलोपोस्ट

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा राजन भट्टराई नियुक्त

काठमाडौँः प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त भएका छन्। मन्त्रिपरिषदको आइतबारको बैठकले पूर्वसांसद् समेत रहेका भट्टराईलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। औपचारिक रुपमा निर्णय भने सार्वजनिक भएको छैन।

नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका भट्टराई यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहिसकेका छन्। 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा भट्टराई काठमाडौँ ४ बाट पराजित भएका थिए। ०७० को संविधानसभामा उनी तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसद् बनेका थिए। 

प्रधानमन्त्रीले राजनीतिक, सञ्चार, जनसम्पर्क लगायतका सल्लाहकार नियुक्त गरे पनि परराष्ट्र सल्लाहकार नियुक्त गरेका थिएनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell