PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

आमदब्लमको चुचुरोमा पुगेर विश्वयुद्धमा मारिएकाप्रति श्रद्धाञ्जली, निम्स पुर्जाले चढाए पोपी ट्रिब्युट



पहिलोपोस्ट

आमदब्लमको चुचुरोमा पुगेर विश्वयुद्धमा मारिएकाप्रति श्रद्धाञ्जली, निम्स पुर्जाले चढाए पोपी ट्रिब्युट
फोटो : प्रेस एसोसिएसन

काठमाडौं: पूर्व गोर्खा सैनिक निम्स पुर्जाले सगरमाथा क्षेत्रमा रहेको ६ हजार ८ सय १२ मिटर अग्लो अमादब्लम हिमालमा पुगेर विश्वयुद्ध अन्त्य भएको सय वर्ष पुगेको सम्झनामा 'पोपी ट्रिब्युट' दिएका छन्। खुम्बु क्षेत्रबाट देखिने यो हिमाल सबैभन्दा आकर्षक मानिन्छ। तुलनात्मक रुपमा होचो भए पनि यो हिमाल आरोहणका लागि कठिनमध्येको एक मानिन्छ।

'पोपी' एक प्रकारको कृत्रिम फूल हो जुन सन् १९२१ देखि विश्व युद्धमा ज्यान गुमाएका सैनिकहरुको सम्झनामा प्रयोग गरिन्छ। 

पोपी शब्दको प्रयोग प्रथम विश्व युद्धका सन्दर्भमा लेखिएको 'एन फ्लान्डर्स फिल्डस्' कविताबाट प्रेरित भएर प्रचलनमा आएको हो। 

बेल्जियमको फ्लान्डर्समा रहेको सैनिकहरुको चिहानमा पोपी भन्ने फूल उम्रेको थियो। त्यसैको सम्झनामा कविताको पहिलो हरफमा धेरै पोपीजहरु उल्लेख गरिएको छ।

विश्वयुद्ध अन्त्य भएको दिनको विश्वभरी विभिन्न कार्यक्रम आयोजना मनाइरहँदा ३५ वर्षे पुर्जाले केही खास रुपमा त्यो दिन मनाउन चाहेको बताए। 

'आजको दिन हाम्रो स्वतन्त्रताका लागि आफ्नो ज्यान गुमाउने सबैलार्इ श्रद्धाञ्जली दिन पाउँदा म धेरै नतमस्तक भएको छु। म विश्वयुद्ध अन्त्य भएको दिनको सम्झनामा केही विशेष गर्न चाहन्थे,' उनले भने।

रोयल म्यारिनमा कार्यरत पुर्जा सन् २००३ मा गोर्खा बिग्रेडमा भर्ना भएका थिए।

अर्को वर्ष भने पुर्जाले च्यारिटीका लागि एक मिलियन युरो संकलन गर्ने इच्छा रहेको बताएको डेली मेलमा उल्लेख छ। यो काम आफ्नो जीवनको हालसम्म कै ठूलो चुनौती रहेको उनले बताएका छन्। यसका साथै पुर्जाले हिमाल आरोहण गर्ने सिजनको सात महिनामा ८ हजार मिटर भन्दा अग्ला सबै १४ हिमाल चढ्ने लक्ष्य राखेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell