PahiloPost

Jan 7, 2026 | २३ पुष २०८२

इटिकेटिङमा गइसकेका हललाई विकास बोर्डको चेतावनी : मेनुअल टिकेट बेचे कारवाही हुने



पहिलोपोस्ट

इटिकेटिङमा गइसकेका हललाई विकास बोर्डको चेतावनी : मेनुअल टिकेट बेचे कारवाही हुने

काठमाडौं : बक्स अफिस लागू गर्दै इटिकेटिङलाई अनिवार्य गरे पनि परम्परागत रुपमा नै फिल्म टिकेट प्रयोग आएकोमा चलचित्र विकास बोर्डले आपत्ती जनाएको छ। विभिन्न बाहनामा मेनुअल रुपमा नै टिकट बिक्री हुने थालेपछि बोर्डले नयाँ निर्देशन जारी गरेको छ।

बोर्डले इ-टिकटिङ प्रणालीमा गइसकेका फिल्म हलमा परम्परागत रुपमा टिकट बिक्री बन्द गर्न निर्देशन दिएको हो। सोमबार सूचना जारी गर्दै मेनुअल रुपमा टिकट बिक्री गर्ने र विभिन्न बहानामा रियल टाइम कलेक्सन डाटा नदिएको गुनासो प्राप्त भएको जनाउँदै बोर्ड कडा रुपमा उत्रिएको हो।

आइतबार पहिलोपोस्टमा अझै पनि बक्स अफिस कलेक्सनको डाटा केही निर्माताहरुलाई प्राप्त नभएको समाचार प्रकाशित गरेको थियो। जसमा प्रदर्शनरत् फिल्महरु चङ्गा चेट र मालिकाको हल संकलन रिपोर्ट नआएको उल्लेख गरिएको थियो। तर, बोर्ड अध्यक्ष नीकिता पौडेलले हरेक फिल्मको कलेक्सन डाटा अध्यावधिक रहेको दाबी गरेकी थिइन्।

सोमबार सार्वजनिक सूचनामा भने बोर्डले केही हलले विभिन्न बहाना बनाएर रियल टाइम डाटा सर्भरमा नपठाएको जनाउँदै नियम उलङ्घन गर्ने हललाई कारवाहीको चेतावनी दिएको हो। साथै निर्माता र वितरकले फिल्म प्रदर्शनको पाँच दिन अघि बक्स अफिसमा आवद्ध हुन प्रकिया अपनाउनुपर्ने जानकारी समेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell