PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

नेपाली फिल्म 'प्रेमलीला'को हिन्दी गीत सार्वजनिक



पहिलोपोस्ट

नेपाली फिल्म 'प्रेमलीला'को हिन्दी गीत सार्वजनिक

फिल्म 'प्रेमलीला'को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'जाने क्या हुवा' बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको हो। 

हिन्दी भर्सनमा सार्वजनिक भएको गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री दीपशिखा खड्का र भारतीय मोडल अली खान फिचर्ड छन्। फिल्मले नेपाल र भारतका दुई पात्रहरुको प्रेमकथा समेटेको बताइएको छ।

पवन गौतमको छायाँकन रहेको गीतको भिडियोलाई चन्दन दत्त र सालिक दुलालले सम्पादन गरेका हुन्। डाक्टर सागरको शब्द तथा रवि राज शाहको संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ। गीतमा राजा हसन र सौमी शैलेसको स्वर छ।  

फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा लगायतको अभिनय छ। फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन्। फिल्म आगामी माघ २५ गतेदेखि प्रदर्शनमा आउनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell