PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

मुस्फिकर रहिम बने टेष्टमा दुई पटक दोहोरो शतक प्रहार गर्ने पहिलो विकेटकिपर, बंगलादेशले बनायो जिम्बावेविरुद्ध उच्च स्कोर



पहिलोपोस्ट

मुस्फिकर रहिम बने टेष्टमा दुई पटक दोहोरो शतक प्रहार गर्ने पहिलो विकेटकिपर, बंगलादेशले बनायो जिम्बावेविरुद्ध उच्च स्कोर

बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिम टेष्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो विकेटकिपर ब्याट्सम्यान बनेका छन्।

जिम्बावे विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्समा उनले नटआउट २१९ रन बनाउँदै उक्त कीर्तिमान बनाएका हुन्।

दोस्रो दिन ४०७ बल खेल्दै उनले उक्त उपलब्धी हासिल गरे। विश्व टेस्ट क्रिकेटमा यसअघि सात विकेटकिपर ब्याट्सम्यानले एक-एक पटक दोहवरो शतक बनाएका छन्।

दुई पटक दोहरो शतक प्रहार गर्ने पहिलो विकेटकिपर बनेका रहिमले यसअघि सन् २०१३ मा श्रीलंका विरुद्ध दोहोरो शतक प्रहार गरेका थिए।

यस्तै रहिमले टेष्टमा बंगलादेशको लागि व्यक्तिगत उच्च स्कोर समेत बनाएका छन्र यसअघि यो कीर्तिमान शकिब अल हशनको नाममा थियो। उनले गत वर्ष न्यूजिल्याण्ड विरुद्ध २१७ रन बनाएका थिए। रहिम २०१८ मा टेष्टमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन्।

रहिमकै २१९ रनको मद्दतमा बंगलादेशले दोस्रो दिनको खेल सकिन १८ ओभर बाँकी रहँदा ७ विकेट गुमाएर ५२२ रन बनाएपछि इनिङ्स समाप्ती घोषणा गरेको थियो।

बंगलादेशका लागि रहिमले ४२१ बल खेल्दै १८ चौका र १ छक्का प्रहार गरे। मेहेदी हसन मिराज ६८ रनमा नटआउट रहे।  यस्तै मोमिनुल हकले १६१ रन बनाए। जिम्बावेका लागि केल जर्भिसले ५ विकेट लिए।

दोस्रो दिनै आफ्नो पहिलो इनिङ्स थालेको जिम्बावेले १८ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell