PahiloPost

Jan 7, 2026 | २३ पुष २०८२

दुई नेपाली महिला खेलाडी विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न भारत जाँदै



पहिलोपोस्ट

दुई नेपाली महिला खेलाडी विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न भारत जाँदै

काठमाडौं : आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार भारतको नयाँ दिल्ली जाँदैछन्।

यही नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा विमला श्रेष्ठले ५१ केजी तथा पुनम रावलले ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टोलीको प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य लक्ष्मण कार्की रहेका छन्। प्रतियोगितामा ६० बढी राष्ट्रको सहभागिता रहने बताइएको छ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य अर्जुनबहादुर केसी, बक्सिङ संघका अध्यक्ष राम अवाले, कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धरलगायतले सोमबार बिदाइ गरे।

सो अवसरमा अध्यक्ष अवालले आफ्नो परिवारकातर्फबाट नगद पुरस्कारको पनि घोषणा गरे। खेलाडीलाई एक बाउट जितेमा २५ हजार, दुई बाउट जितेमा ७५ हजार र पदक जितेमा २ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell