PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

निर्वाचन जितेपछि ह्यारीको पहिलो पत्रकार सम्मेलन : अमेरिकाभरका नेपालीभाषीले फाइदा लिन सक्ने गरी काम गर्ने वाचा



विष्णुहरि घिमिरे

निर्वाचन जितेपछि ह्यारीको पहिलो पत्रकार सम्मेलन : अमेरिकाभरका नेपालीभाषीले फाइदा लिन सक्ने गरी काम गर्ने वाचा
फोटो उनको फेसबुकबाट।

मेरिल्याण्ड राज्यको विधायिका (हाउस अफ डेलिगेट्स) ह्यारी भण्डारीले  अमेरिकाभरी रहेका नेपाली भाषीले फाइदा लिन सक्ने गरी काम गर्ने बताएका छन्।

जीतपछि अाइतबार साँझ कन्फेरेन्स कल मार्फत् पहिलाे अाैपचारिक पत्रकार सम्मेलनमा राज्य सभा विधायिका भण्डारीले अाफ्नाे निर्वाचन क्षेत्र बाहिरका नेपालीभाषीका लागि इमिग्रेशनसहित अन्य समस्या सहयाेग गर्ने बताए ।

उनले अाप्रवासीहरूका समस्या सम्बाेधनका लागि अाफ्नाे कार्यलयमा नेपाली भाषी कर्मचारीकाे व्यवस्था गर्ने घाेषणा समेत गरेका छन् । 'मेरा पनि केही सीमाहरू छन्। तर पनि अमेरिकाकाे जुनसुकै राज्यमा रहेका नेपालीहरूकाे अाप्रावास सम्वन्धी समस्याकाे वकालतका लागि तयार हुन्छ।' तर त्यसकाे माेडालिटिका बारेमा भने अान्तरिक छलफल गरेर तयार पार्ने उनले प्रष्ट पारे।

'मेराे कार्यालयबाट पनि इमिग्रेशनका समस्याकाे सुविधाका लागि काम गर्ने छ, म मेरिल्याण्ड डेमाेक्रेट पार्टीकाे केन्द्रीय सदस्य पनि हुँ। कति काम म अाफै गर्नेछु। कति कामका लागि मैले साथीहरूकाे सहयाेग लिनु पर्ने हुन्छ। उनीहरूलाइ अनुराेध गर्नु पर्ने हुन्छ तर म त्याे गर्छु,' उनले भने।

उनले अाफ्नाे दाेहाेराे जिम्मेवारी रहेकाे समेत बताए, 'अाफ्नाे क्षेत्रका मतदाता समक्ष गरेका वाचाहरू पुरा गर्नुछ, त्यसका साथसाथै  दाेस्राे पुस्ताका नेपालीमूलका अमेरिकीहरूलाई बाटाे पनि देखाउनु छ। अमेरिकी मूलधारकाे राजनीतिमा प्रवेश गर्नु पर्छ, याे त्यसकाे शुरूवात हाे।'

उनले पुस्तान्तरणसँग अावश्यकता पनि  फेरिने भन्दै अब त्यसतर्फ लाग्नु पर्ने बताए, 'अहिले घर, कार, एउटा जागिर मुख्य समस्या हाे, तर दाेस्राे पुस्ताका लागि यी कुरा सामान्य हुन्, उनीहरूकाे अाकांक्षा बढी हुन्छ, मेराे जीत तिनीहरूका लागि प्रेरणा हुन्छ।'

भण्डारीले अाफ्नाे चुनावी अभियानमा सहयाेग गर्ने सबैलाइ धन्यवाद दिदै नेपालीभाषी अझ संगठित हुनु पर्नेमा जाेड दिए। यस्तै उनले अाफ्नाे निर्वाचनका समयकाे खर्च विवरण पनि पूर्णरूपमा छिटै सार्वजनीक गरिने बताए।

भण्डारी नाेभेम्बर ६ तारिकमा सम्पन्न  निर्वाचनमा मेरिल्याण्ड राज्यको विधायिका (हाउस अफ डेलिगेट्स) का लागि डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार हुदै दाेस्राे स्थानमा रहेर विजयी भएका हुन्।  मेरिल्याण्ड राज्य डेलिगेटस सभामा  ४७ डिष्ट्रिकबाट एक सय ४१ जना सदस्य रहन्छन्।

भण्डारी उम्मेदवार रहेको डिष्ट्रिक आठ बाट तीन जना निर्वाचित भएका छन्।  अमेरिकामा निर्वाचनमार्फत् याे सफलता पाउने भण्डारी पहिलो नेपाली मूलका अमेरिकी हुन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell