PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

छायाँकन लम्बिँदा 'बीर बिक्रम २' का प्राविधिकलाई असर



पहिलोपोस्ट

छायाँकन लम्बिँदा  'बीर बिक्रम २' का प्राविधिकलाई असर

काठमाडौं : अभिनेता आकाश श्रेष्ठले मिलन चाम्सको फिल्म 'बीर बिक्रम २' छाडेका छन्। हजुरबुवाको स्वास्थ्य स्थिति कमजोर भएपछि उनले परिवारलाई समय दिन फिल्म छोडेका बताएका छन्।

निर्माण टिम कात्तिक २६ गते नै फिल्म छायाँकनमा जानुपर्ने थियो। तर, अब भने मंसिर ३ गतेबाट फिल्मको छायाँकन सुरु हुने निर्माण टिमले जनाइएको छ।

यसरी योजना गरेको समयमा फिल्म छायाँकनमा जान नपाउँदा फिल्मलाई असर गरेको निर्देशक चाम्सले जनाए। उनले भने, 'भनेको समयमा छायाँकनमा जान नसक्दा यसले फिल्मको प्राविधिक पक्षका साथीहरुलाई प्रत्यक्ष असर गर्छ। उहाँहरु सबै तयार भएर बस्नु भएको हुन्छ। उहाँहरुको समय खेर जान्छ।'

अहिले फिल्मका लागि अभिनेता पल शाह अनुबन्धित भएका छन्। फिल्ममा पलसँगै अभिनेत्री वर्षा सिवाकोटी, नाजिर हुसेन लगायतको अभिनय रहनेछ। मिलनको 'बीर बिक्रम'लाई दर्शकले रुचाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell