PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ने क पाको एकता अल्मलिँदा केन्द्रीय सदस्य नै बेरोजगार



विधुर ढकाल

ने क पाको एकता अल्मलिँदा केन्द्रीय सदस्य नै बेरोजगार

काठमाडौं: जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गर्दा तीन महिनाभित्र सबै तह, सबै जनवर्गीय संगठनको एकीकरणसमेत सक्ने घोषणा भएको थियो। तर यसबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकताले गति लिन सकेको छैन।

गत असार २१ गत बसेको स्थायी कमिटीको बैठक त्यस यता बस्न सकेको छैन। पटक पटक बोलाउँदै सारिँदै आएको बैठक विधानअनुसार तीन महिनाभित्र बसिक्नु पर्थ्यो तर यसबीच चार महिना बितिसकेको छ।

यसबीचमा केही जनवर्गीय संगठनको एकता भएको छ। तर, अधिकांश जनवर्गीय संगठनमा दुई वटा कमिटी र दुई वटा नाममा सञ्चालित छन्।

एकतामा ढिलासुस्ती हुँदा केन्द्रीय नेताहरु नै असन्तुष्ट हुन थालेका छन्। स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेल ‘सुनिल’ले मंगलबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत दुबै अध्यक्षलाई पार्टी एकतालाई गति दिन माग गरेका छन्।

उनले शीर्ष नेतृत्व नै गुट–उपगुट र आसेपासेबाट प्रभावित भएको संकेत दिएका छन्।

‘लाखौं योद्धाहरुको समर्पण र त्याग, हजारौं आन्दोलनकारीहरुको बलिदान र आम नेपाली श्रमजीवी जन–समुदायको सक्रिय सहभागितामा स्थापित नेपाली बाम (लोकतान्त्रिक आन्दोलनको नेतृत्व ने क पा ले गर्ने गरी पार्टी एकता भएको छ,’ उनले अगाडि भनेका छन्, ‘यतिबेला पार्टीका शीर्षस्थ नेतृत्वका कमरेडहरुले गुट– उपगुट र आसेपासेबाट प्रभावित भएर होईन कि सिंगो नेपाल र नेपाली जनताको नेतृत्व गर्ने गरी महान बन्न सक्नु पर्छ।’

पौडेलले आम कार्यकर्ताहरु गुटको पक्षमा नभएको समेत बताएका छन्। उनले आम कार्यकर्ता विशाल पार्टी निर्माणको पक्षमा भएको भन्दै केन्द्रीय कमिटीलाई सक्रिय बनाउन माग गरेका छन्।

‘छिटो भन्दा छिटो स्थायी समितिको बैठक बसाइ केन्द्रीय समितिलाई सक्रिय बनाइयोस्। दुबै जना अध्यक्ष, केपी ओली र प्रचण्डलाई हामी विशेष अनुरोध गर्दछौं,’ उनले भनेका छन्।

एकता तल्लो तह्सम्म नपुग्दा संगठनमा असर परेको र कार्यकर्तामा निरासा फैलिँदै गएको पहिलोपोस्टलाई बताए।

वेरोजगार ने क पाका केन्द्रीय सदस्य, प्रदेश सदस्यको टुंगो कहिले?

ने क पाको ४४१ सदस्यीय केन्द्रीय कमिटी छ। यसबीच यो केन्द्रीय समितिको एक पटक बैठक बसेको छ। यसबीच स्थायी कमिटीको बैठक नबस्दा तथा केन्द्रीय सदस्यहरुलाई कार्यविभाजन नहुँदा ने क पाको जम्बो केन्द्रीय समिति नै बेरोजगार भएको छ।

सचिवालयले प्रदेशका अध्यक्ष सचिव, ईञ्चार्ज र सहईञ्चार्ज तोके पनि त्यसमासमेत मत एक हुन सकेको छैन। अध्यक्ष र इञ्चार्ज तोक्दा आफूसँग सल्लाह नभएको भन्दै माधव नेपाल समूहले जाहेर गरेको असन्तुस्टिको सम्बोधन हुन सकेको छैन। त्यस्तै प्रदेश सदस्यहरुको टुंगो पनि लागेको छैन।

गत कातिक ७ गते बसेको सचिवालयको बैठकले प्रदेश सदस्यको टुंगो लगाउन महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सम्मिलित दुई सदस्यीय कार्यदल बनाएको थियो।

यो कार्यदलले पनि २० दिन गुजारेको छ। तर प्रगति हुन सकेको छैन।

कार्यदलले तयार पारेको नामावलीलाई सचिवालयको बैठक बसी अन्तिम रुप दिइने बताइएको छ। त्यस्तै यही कार्यदललाई केन्द्रीय सदस्यको कार्यविभाजनको जिम्मेवारीसमेत दिइएको छ। तर कार्यदलले सामान्य छलफलमै समय गुजारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell