PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

ह्याप्पी बर्थ डे हरिवंश : मदनकृष्ण श्रेष्ठले भने - 'हरिवंशजस्तो पार्टनर पाउनु भाग्यको कुरा'

ह्याप्पी बर्थ डे हरिवंश : मदनकृष्ण श्रेष्ठले भने - 'हरिवंशजस्तो पार्टनर पाउनु भाग्यको कुरा'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज हरिवंश आचार्यको ६१ औं जन्मदिन हो। गत वर्ष फिल्म 'सत्रुगते'सँगै जन्मदिन मनाएका उनले यस वर्ष पनि फिल्म टिमसँगै जन्मदिन मनाए। मह संचारकै प्रस्तुतीमा बन्ने फिल्म 'दाल भात तरकारी'को युनिटसँग जन्मदिन मनाएका हुन्।

उनलाई फिल्म निर्देशक सुदन केसी, अभिनेता पुष्प खड्का, आँचल शर्मा, किरण केसी लगायतले शुभकामना दिए। हरिवंशलाई जन्मदिनको शुभकामना दिने लहरमा उनका मित्र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित थिए। मदनले हरिवंश जस्तो साथी पाएर आफू भाग्मानी रहेको बताए।

'हरिवंशलाई ६१ वर्ष पुगेको उपलक्षमा धेरै शुभ कामना। उ मेरो सबैभन्दा नजिकको साथी हो। हरेक वर्ष हामी जन्मदिन सँगै मनाउँछौं,' उनले सुनाए, 'हामी जन्मदिनलाई त्यति महत्व दिँदैनौं तर हरेक वर्ष रेडियो अडियोले नै मनाइदिन्छ।'

उनले हरिवंश प्रतिभाशाली कलाकार रहेको बताए। उनले पहिलोपोस्टसँग हरिवंशको अभिनयको प्रशंसा पनि गरे। उनले ३८ वर्षसम्म एउटै व्यक्तिसँग मित्रता कायम राख्नु ठूलो कुरा रहने बताए।

उनले भने, 'हरिवंश जस्तो पार्टनर पाएर म एकदमै खुशी छु, भाग्यमानी सम्झन्छु। ३८ वर्ष भयो, हामी सँगसँगै हिँडेको। कुनै पनि व्यक्तिले ३८ वर्षमा ३८ जना साथी बनाउनु भनेको ठूलो कुरा होइन। तर, एउटा मित्रसँग ३८ वर्षसम्म रहनु ठूलो उपलब्धिको कुरा हो।' 



ट्रेन्डिङ पोस्ट

Ncell