PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

राखेपमा रिक्त स्थानमा तीन सदस्य नियुक्त



पहिलोपोस्ट

राखेपमा रिक्त स्थानमा तीन सदस्य नियुक्त

काठमाडौँ : सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्व उपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो।

युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ। लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिशमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो।

राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय छन्। यस्तै निरौला पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल सङ्घको केन्द्रीय सदस्य हुन्। बक्सिङका पूर्वखेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell