PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अचम्म नमान्नुस्, नेपालमै बन्छ हेड एन्ड सोल्जर! समातिए श्रीमान् श्रीमती



सविन ढकाल

अचम्म नमान्नुस्, नेपालमै बन्छ हेड एन्ड सोल्जर! समातिए श्रीमान् श्रीमती
सक्कली हेड एन्ड सोल्जर : headandshoulders.com

काठमाडौ : विदेशी ब्रान्डका उत्पादनको नाममा नक्कली सामग्री उत्पादन गरेर ठगी गर्दै आएको एक कम्पनीमा प्रहरीले छापा मारेको छ।

बहुराष्ट्रिय कम्पनी प्रोक्टर एन्ड ग्याम्बलको उत्पादन 'हेड एन्ड सोल्जर' लगायतका सामग्री उत्पादन गर्ने नक्कली कम्पनीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलवार छापा मारेको हो।

छापा मार्ने क्रममा कम्पनीमा नक्कली कस्मेटिक ब्रान्डका सामाग्री फेला परेको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए। 'विभिन्न ब्रान्डको नाममा नक्कली सामाग्री फेला परेको हो। थप अनुसन्धान भइरहेको छ,' एसएसपी लामाले भने।

'श्रीमान श्रीमती मिलेर विदेशी ब्रान्डका बस्तु उत्पादन गर्ने गरेको भेटियो,' एसएसपी लामाले भने। प्रहरीले श्रीमान श्रीमती दुवैलाई नियन्त्रणमा लिएको छ। उनीहरुले बिएमसी मसलाको नाममा समेत मसला उत्पादन गर्ने गरेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell