PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सोडारी बर्खास्तीको केही घण्टामै सामाजिक विकासमन्त्रीको जिम्मेवारी कृष्णराज सुवेदीलाई



एम बम

सोडारी बर्खास्तीको केही घण्टामै सामाजिक विकासमन्त्रीको जिम्मेवारी कृष्णराज सुवेदीलाई

कैलाली: सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त गरेलगत्तै कृष्णराज सुवेदीलाई मन्त्रीको जिम्मेवारी दिइएको छ।
 
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘२’ बाट निर्वाचित सुवेदीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन्।
 
मंगलबार दिउँसो सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री भट्टले पद तथा गोपनिजयताको सपथ खुवाएका हुन्।

प्रदेश प्रमुख मोहनराज मल्ल, सभाभुख अर्जुन थापा लगायतको उपस्थितिमा सुवेदीको सपथ ग्रहण भएको हो।
 
सुवेदी कांग्रेसका हिरादत्त भट्टलाई ४ हजार २ सय १९ मत अन्तरले पराजित गरेर कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘२’ बाट प्रदेश सभामा नेकपा एमालेबाट निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell